कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ८०३ कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकले सो सेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक सेयरधनीलाई दिएको जनाएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुकले बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै