बैंकहरूमा पैसा धेरै भएपछि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २० अर्ब रूपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत चैत १ गते २० अर्ब रुपैयाँ तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

त्यस्तै, २८ दिने निक्षेप संकलन उपकरणको चैत २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहे पनि कर्जा लगानी सुस्त हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ ।  यसरी बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

https://www.nrb.org.np/contents/uploads/2026/03/54.-DC_Notice-2082.12.01.pdf

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै