स्रोत नखुलेको नगदसहित विजय पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ बाट स्रोत नखुलेको नगद पाँच लाख रुपैयाँसहित एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका २ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साह रहेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालकलाई नगदसहित फेला पारी पक्राउ गरेको हो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै