मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले फागुन ११ गतेदेखि संस्थापक समुहको ६ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

सेयरको न्युनतम मूल्य प्रति सेयर २९५ रुपैयाँ तोकिएको छ। सो सेयरमा उक्त वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल पेश गर्नु पर्नेछ।

इच्छुकले फागुन १७ गतेभित्र लेखनाथमार्ग, ठमेल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।

सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्