एनएमबि लघुवित्तले लाभांश नदिने, सेयरधनीहरू निरास !

काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । लघुवित्तको फागुन १० गते बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८१-०८२ को लागि कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

बैठकले २०८२ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०८१-०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

साथै, आर्थिक वर्ष २०८१-०८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधारण सभा गरिने जनाएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै