गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। गोर्खाज फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले १२ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा ल्याएको हो।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल यसै कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्नका लागि निवेदन दिन सक्नेछन्।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौँको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी गराउनुपर्नेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै