नियम उल्लंघन गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारवाही

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारवाही गरेको छ। नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको हो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा दुई प्रतिशत भन्दा बढी ब्याजदर फरक कायम गरेको र त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२) (क) अनुसार सचेत गराइएको छ।

बैंकले काम गर्दै जाँदा सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको खुलासा भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्