स्रोत नखुलेको ४ लाख ९९ हजार नगदसहित राकेश पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगदसहित एक जना व्यक्ति परेका परेका छन्। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका १ बस्ने ४४ वर्षीय राकेश प्रसाद रहेका छन्।

रौतहटको गौर नगरपालिका ३ स्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित प्रसादलाई प्रहरीले पक्राउ गरेको हो।

उनी शुक्रबार बिहान स्रोत नखुलेको नगदसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ३० यु ७२४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो।

हाल यस घटनाको थप अनुसन्धान भईरहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै