काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्तकाे शाखा कार्यालय मनहरी मकवानपुरद्धारा आयाेजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २२ गते बिहीबारका दिन मनहरी गाउँपालिका वडा नं. ०७ का वडाध्यक्ष नवराज सुवेदीकाे प्रमुख आतिथ्यतामा मकवानपुरकाे मनहरीमा सम्पन्न भएकाे हो ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा कार्यक्रमका विशिस्ट अतिथी कार्यसञ्चालन विभाग प्रमुख, बरिस्ठ प्रबन्धक रविन्द्र कुमार न्याैपाने केसीले गरे ।
साे क्रममा आम्दानी, खर्च र वचतकाे व्यवस्थापन, कर्जाकाे महत्त्व लगायतका बिषयमा सहभागीलाई प्रष्ट पारिएकाे थियाे । कार्यक्रममा अतिथिकाे रुपमा स्थानिय प्रहरी चाैकीका प्रतिनिधि श्री बिशुनाथ महताे लगाएतले पनि आफ्नाे धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा शाखा कार्यालय मनहरी मकवानपुर अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएकाे थियाे ।
करिब ३१ जना ग्राहक सदस्यहरुकाे सहभागिता रहेकाे वित्तीय साक्षरता कार्यक्रमकाे अध्यक्षता केन्द्र नं. १०९ कि सदस्य तुलशा कलाखेति गरेका थिए भने कार्यक्रम संचालन शाखा प्रवन्धक सुमन शाहीले गरेका थिए ।

