सिद्धार्थ बैंकको नाफा बढ्यो, बैंकको नाफा १ अर्ब ३२ करोड !

काठमाडौँ। सिद्धार्थ बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासिक (पौष मसान्तसम्म) को वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा ५३ करोड रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी पनि ५.१५ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

दोस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता २०.१३ प्रतिशत कायम छ। बैंकले खराब कर्जा अनुपातमा पनि सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा ४.५० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर ३.४५ प्रतिशतमा सीमित भएको छ।

साथै, बैंकको कोषको लागत पनि ५.०७ प्रतिशतबाट ३.९० प्रतिशतमा घटेको छ। बैंकको रिटर्न अन इक्विटी ३.७९ प्रतिशतबाट बढेर ८.५५ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकले कुल २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ र २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यता बैंकको प्रतिसेयर आम्दानी ७.१९ प्रतिशतबाट १७.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २११.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति २,३६०.८४ रुपैयाँ, मूल्यआम्दानी अनुपात २१.४५ गुणा र तरलता अनुपात ३०.४० प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्