नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले माघ १५ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको झन्डै १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। एनआएन इन्फ्रास्ट्रक्चर एण्ड डभलपमेन्टको नाममा रहेको ७४ हजार १०६ कित्ता सेयर न्यूनतम प्रतिकित्ता ३१३ रुपैयाँमा बिक्रीमा राखिएको छ।

त्यस्तै, कुमारी शान्ता आचार्यको नाममा रहेको ९ हजार ३४५ कित्ता, भुवन सिंह तामाङको ८ हजार कित्ता र लक्ष्मी भण्डारी ४ हजार ८५६ कित्ता गरी कुल ९६ हजार ३१० कित्ता सेयर बिक्रीमा राखेको छ।

उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्