National

हिमालयन बैंकले गर्यो नयाँ व्याजदर सार्वजनिक, कहिलेदेखि हुन्छ लागू ?

Himalayan Bank
  • बैंकिङ संसार 
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १४ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले उक्त खाताहरुमा कार्तिक १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । 
बैंकले मुद्दती निक्षेपमा भने ३ महिनासम्मको लागि व्यक्तिगततर्फ ४ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ३ प्रतिशत व्याजदर तोकेको छ । यस्तै ६ महिनासम्मको लागि व्यक्तिगततर्फ ५ प्रतिशत कायम गरिऐको छ भने संस्थागततर्फ ४ प्रतिशत व्याजदर कायम गरिएको छ । 
यसैगरी ९ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले १ वर्षदेखि १८ महिनासम्मको लागि भने व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
यस्तै १८ महिनादेखि २ वर्षसम्मको लागि व्यक्तिगततर्फ ८ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर तोकिएको छ । बैंकले २ वर्षदेखि ३ वर्षसम्मको लागि भने व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर कायम गरेको छ । 
यस्तैगरी ३ वर्षदेखि ५ वर्षसम्मको लागि व्यक्तिगततर्फ ८.७५ प्रतिशत तोकिएको छ भने संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर तोकिएको छ । त्यसैगरी ५ वर्षदेखि १० वर्षसम्मका लागि भने व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । यस्तै बैंकको आधार दर भने ८.३८ प्रतिशत रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै