National

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्री हुने

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको केहि संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले आफ्नो संस्थापक सेयरधनी विकास बाबु वानियाको नाममा रहेको ६ हजार १ सय ६५ कित्ता सेयर र मधु सुदन राज दाहलको नाममा रहेको ९ हजार ४ सय ३ कित्ता सेयर गरीे कुल १५ हजार ५ सय ९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन पेश गर्न बैंकले आग्रह गरेको हो । 
यस्तै आवेदन भने सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा प्राप्त हुने गरी आवेदन पेश गर्न पनि बैंकले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै