- बैंकिङ संसार
काठमाडौं । सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । रेमिटले यससँगै युएईमा रहेका नेपालीहरुले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरुको लागि उक्त योजना सार्वजनिक गरेको हो ।
यस योजना भने अक्टोबर १२ देखि नोभेम्बर २० सम्मको लागि मात्र लागू हुने भएको छ । उक्त योजनमा सहभागीमध्येबाट विजेता हुने व्यक्तिले ६ वटा स्मार्ट फोन र ४ वटा फिल्पिस ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने सेन्चुरी रेमिट युएईका प्रमुख प्रकाश पौडेलले जानकारी दिएका छन् ।
सेन्चुरी रेमिटले विभिन्न समयमा ग्राहक लक्षित योजना ल्याउँदै आएको छ । वैदेशिक रोजगारीमा कमाएको पैसालाई वैद्यानिक र विश्वासिलो माध्यबाट स्वदेशमा पठाउन सेन्चुरी रेमिटले साथ दिँदै आएको पनि पौडेलले बताएका छन् ।