National

ग्लोबल आइएमई बैंकको नयाँ शाखा शान्तिनगर र टोखामा, रत्नराज ब्रजाचार्यद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।
बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउन्टरको संख्या ४५ पुगेको छ ।
बैंकले देशभरी रहेको २ सय ६१ शाखा सहित २ सय ३७ एटिएम, २ सय २९ शाखारहित बैंकिङ सेवा र ४५ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत पनि आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै