- बैंकिङ संसार
काठमाडौं । दशैंमा बन्द भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका सबै शाखाहरु खुल्ने भएको छ । नेपाल बैंकर्स संघले बैंकका सबै शाखा कार्यालयहरु कार्तिक १२ गतेदेखि खुल्ने जनाएको हो ।
यसअघि दशैंमा बैंकिङ सेवा बन्द नगरेका बैंकहरुलेसमेत यसपटक कोरोना भाइरसको महामारीका कारण गत साताको शुक्रबारदेखि देशैभरिका बैंकका शाखाहरु बन्द गरेका थिए ।
दशैंमा सेवा प्रवाह रोकिँदा धेरैका कारोबार रोकिन पुगेकोमा कार्तिक १२ गतेदेखि सबै सेवा सुचारु हुने भएको छ । बैंकर्स संघले सूचना प्रकाशित गर्दै दशैंको समयमा बैंकका शाखा कार्यालय सुचारु नहुने हुँदा डिजिटल कारोबार गर्न सुझाव दिएको थियो ।
यस्तै ५ दिन लामो बिदा सकिएपछि कार्तिक १२ गतेदेखि नै बीमा कम्पनीका सबै शाखा कार्यालयहरु पनि खुल्ला भएको छ । नेपाल बीमक संघकाअनुसार कार्तिक १२ गते बुधबारदेखि सम्भव भएका शाखा कार्यालयहरु खुल्ला गरी सेवा प्रवाह सुचारु हुने भएको छ । त्यस्तै जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु पनि बुधबारदेखिनै सुचारु हुने भएको छ ।