काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले नेपालीहरू गरिब हुनुमा आफ्नै माइन्डसेट रहेको बताएका छन्। उनले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
मुख्यमन्त्री हेलिकप्टरमा पिकनिक जाँदा प्रश्न उठेपछि सेलिब्रेटी सिइओ मनोज ज्ञवालीलाई साह्रै झोक चलेपछि कार्यक्रममा यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘ कुनै व्यक्ति गरिब हुने अल्छी भएर, माइन्डसेट नभएर, हिम्मत नभएर हो ? कि राज्यले लामो समयदेखि थोपारेको अनेक व्यवस्थाका शृङ्खलाको समष्टी हो ? यो एउटा व्यक्ति, पुस्ता र एउटा कालका विश्लेषणले मात्रै पनि फच्चे हुन्छ र ? Factors of production मा पहुँचदेखि social capital सम्मले धेरै फरक पार्छन् । जो तिनीहरूलाई जितेर अगाडि आए त्यो अपवाद मात्रै हो । सबैमा लागू हुँदैन ।’
उनले थप भने, ‘ स्ट्रेचर नभएर काटेको डोकामा अस्पताल लग्दै गर्दा बाटोमा डेलिभरी हुने देशमा पिकनिक खान हेलिकप्टर लग्ने कुरा कसरी जस्टिफाई हुन्छ ? त्यो पनि मुख्यमन्त्रीले ? अझ प्रश्न सोध्दा ननसेन्स हुन्छ ? संरचनात्मक लाभांशका लगभग जम्मै लाभ उपयोग गरेर, कुर्सीसम्म पुगेर माइक पाउने बित्तिकै प्रश्न सोध्ने समाजलाई ननसेन्स भनिदिने ? धनी र गरीबबीचको असमानता, दुरी र वाहियात फ्लेक्सले विद्रोह नै जन्माउने हो । कम गर्न राज्यले ध्यान दिने हो ।’


