काठमाडौँ। बैंकहरुले विभिन्न कर्जा दिने नाममा धितोको ओभरभ्यालुएसन गरेको पाइएको छ । १० ठुला बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु गर्ने क्रममा बंगलादेशी फर्मले यस्तो तथ्य फेला पारेको हो ।
सोको प्रतिवेदन अन्तिम चरणमा छ । नेपालका ठुला १० बैंकहरुको लोन पोर्टफोलियो रिभ्युका क्रममा बैंकहरुले भएकै ऋण तिर्न नसकेकाहरुलाई थप ऋण दिएर हदैसम्मको ‘एभरग्रिनिङ’ गरेको पनि पाइएको छ । ओपन सेक्रेटका रुपमा रहेको यो प्रकरणलाई बंगलादेशी अडिट कम्पनीले थप छताछुल्ल पारिदिएको हो ।
बैंकहरुले दिएको ऋणमा आवश्यक अनुगमन नै नगरेको खुलासा भएको छ । बंगलादेशी कम्पनीले गरको लोन पोर्टफोलियो रिभ्युका क्रममा यस्तो कैफियत देखिएको हो ।

