महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। महालक्ष्मी विकास बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको हो ।

सभाले २०८२ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१-०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ । वार्षिक साधारण सभामार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ ।

यस अन्तर्गत आ.व.२०८१-०८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०८०-८१ को तुलनामा आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०-८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा बैकको निक्षेप रु. ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी रु.४७.२१ अर्ब रहेको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै