काठमाडौँ। लक्ष्मी सनराइज बैंकले क्रेडिट कार्ड होल्डरहरुलाई रकम चुक्ता गर्न आग्रह गरेको छ। बैंकले पुस ११ गते एक सूचना जारी गर्दै क्रेडिट कार्ड होल्डरहरुलाई रकम चुक्ता गर्न ३५ दिनको समय दिएको हो ।
बैंकले आफ्ना क्रेडिट कार्ड होल्डरहरुलाई ३५ दिनभित्र बैंकको रकम तिर्न आग्रह गरेको छ। लिखित तथा पटकपटक फोन गरेर ताकेता गर्दा पनि रकम तिर्न नआएपछि बैंकले ३५ दिने सूचना जारी गरेको छ।
उक्त समयमा पनि रकम तिर्न नआउने क्रेडिट कार्ड होल्डरहरुलाई बैंकले कानुनी कारवाही गर्ने जनाएको छ।


