पोखरा फाइनान्सले सेयरधनीहरूलाई लाभांश नदिने

काठमाडौँ। पोखरा फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ। फाइनान्सले एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको हो ।

बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्