सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ। सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंकको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।

बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। हाल सिन्धु विकास बैंकको सेयर मूल्य ७२० रुपैयाँ रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्