ग्लोबल आइएमई लघुवित्तले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

जसमा ४.७५ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ९७ हजार ७५२.१४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने १५ लाख ४७ हजार २५०.११ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै