प्राइम कमर्सियल बैंकले लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ। प्राइम कमर्सियल बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्नेछ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्