हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले पुस ३ गतेदेखि सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार ८८९.८९ कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कुनै पनि संस्थाले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंस्थित कानुन तथा सेयर विभागमा इच्छुकले निवेदन पेश गर्न सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्