नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले २ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १८ हजार १५४ कित्ता सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर खरिदका लागि पहिलो प्राथमिता बैंकको विद्यमान संस्थापक सेयरधनीलाई दिएको बैंकले जनाएको छ। सेयर किन्न चाहने बैंकको विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्