PRABHU BANK

स्वदेशी लघुवित्त वित्तीय संस्थाद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Swadeshi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । 
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७४ प्रतिशतले बढी हो ।
कम्पनीको २७ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषमा १३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ रहेको थियो भने जगेडा कोषमा २० करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको थियो ।
कम्पनीले यस अवधिमा ९ करोड ९४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड ६० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको खुद व्याज आम्दानी बढी हो ।
त्यस्तै लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा ५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड १ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको सञ्चालन नाफा बढी हो ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप १ अर्व १० करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्व १८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यस्तै सापटी २ अर्व ३७ करोड ३१ लाखबाट बढेर २ अर्व ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ भने कर्जा ३ अर्व ७० करोड ७७ लाख रुपैयाँबाट बढेर ४ अर्व १३ करोड १३ लाख रुपैयाँ पुगेको छ । 
लघुवित्तको चालु आर्थिक वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४० पैसा रहेको छ । त्यसैगरी लघुवित्तको प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.५३ गुणा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै