DISH HOME

डिप्रोक्स लघुवित्तले लाभांश दिने, सेयरधनीहरु मख्ख !

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८१-८२ का लागि लाभांश घोषणा गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार ६९६.०८ रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ६८ लाख २८ हजार ५६९.६१ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ९ करोड ३४ लाख १४ हजार २८४.८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै