कर्जा लिनुअघि सर्तहरू राम्ररी बुझ्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि सबै सर्त र शर्तहरू राम्ररी बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई सचेत गराएको छ।

केन्द्रीय बैंकले जारी गरेको भिडियो सन्देशमार्फत कर्जा लिँदा आधार दर, ब्याजदर, प्रिमियम दर र अन्य सर्तबारे स्पष्ट जानकारी लिनुपर्नेमा जोड दिएको छ। यसले कर्जा लिँदा व्यक्तिले कति ब्याज तिर्नुपर्छ भन्ने विषयमा सचेत रहन सहयोग गर्ने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्