DISH HOME

बैंकिङ प्रणालीमा एकैदिन १९ अर्ब रुपैयाँ निक्षेप थपियो

काठमाडौँ। पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेपमा भारी रकमको वृद्धि देखिएको छ। राष्ट्र बैंकको मंसिर १६ र १७ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा एकैदिन १९ अर्ब रुपैयाँको वृद्धि देखिएको हो।

मंसिर १६ गतेसम्म ७५ खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप १७ गते बढेर ७५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि ३ अर्ब रुपैयाँले नै बढेको छ। १६ गतेसम्म ५० खर्ब ३३ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५० खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सिडी रेसियो ७४. ०९ र अन्तर बैंक ब्याजदर २. ५० प्रतिशत पुगेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै