काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’ ल्याउने भएको छ। राष्ट्र बैंकले एआई मार्गदर्शनको मस्यौदा तयार पारी सार्वजनिक गरेको हो।
उक्त मार्गदर्शनको मुख्य उद्देश्य राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको नियमनलाई थप चुस्तदुरुस्त पार्नु रहेको छ।
राष्ट्र बैंकले ‘एआई मार्गदर्शन’ ल्याउनुको मुख्य उद्देश्य वित्तीय स्थिरता, अखण्डता र सञ्चालन लचिलोपन सुनिश्चित गर्दै दक्षता, नवीनता र ग्राहक अनुभवमा सुधार गर्ने तरिकाले एआई प्रविधि अपनाउनु र भेदभावपूर्ण वा गलत परिणाम उत्पादन गर्दैनन् भन्ने सुनिश्चित गर्नु हो।
साथै, सञ्चालन, नैतिक, प्रणालीगत, मोडेल, र साइबर जोखिमहरुसहित एआईसँग सम्बन्धित जोखिमहरुलाई न्यूनीकरण गर्नु र बैंक तथा वित्तीय संस्थाहरुमा यी जोखिम व्यवस्थापन गर्न उपयुक्त शासन संरचना छन् भनी सुनिश्चित गर्नु हो।




