राष्ट्र बैंकमा काम गर्न चाहनेहरूलाई अवसर नै अवसर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणी सहायकसम्मका लागि ७६ जना कर्मचारी माग गरेको हो ।

अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९ जना, सहायक निर्देशक (लेखा-लेखापरीक्षण) १० जना, सहायक निर्देशक (वाणिज्य कानून) ४ जना र सहायक द्वितीयअन्तर्गत २१ जना सहायक माग गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपालीहरूले मंसिर १९ गतेदेखि पुस १० गतेसम्म दरखास्त फाराम बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने पुस १७ गतेसम्म फाराम भर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्