PRABHU BANK

मेगा बैंकको ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले नियुक्त

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध नियुक्त भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा कार्तिक २२ गते शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति नियुक्त गरेको बैंकले जनाएको छ ।
युनियनको शनिबार सम्पन्न भएको उक्त महाधिवेशनमा अध्यक्ष कृति वाग्लेले अध्यक्षको तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि अधिवेशनका प्रतिनिधिहरूको व्यापक छलफलपछि पारित गरिएको छ । त्यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ नियुक्त भएको पनि बैंकले जनाएको छ ।
त्यस्तै कार्यसमितिका सदस्यहरूमा दिक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै