बैंकको जाली चेक दिएको आरोपमा ३३ वर्षीया महिला पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। मोरङको ग्रामथान गाउँपालिका १ बस्ने ३३ वर्षीया सुष्मा कुमारी माझी बैंकिङ कसुर मुद्दामा पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार माझी केही समयदेखि फरार रहेकी थिइन्। माइती घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, मोरङमा उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्