DISH HOME

नबिल बैंकका सिइओ मनोज कुमार ज्ञवाली सम्मानित

काठमाडौँ। नबिल बैंकका सिइओ मनोज कुमार ज्ञवालीलाई  ब्रिजवाटर इन्टरनेशनल कलेजले सम्मानित गरेको छ । उनले बैंकिङ क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै कलेजले सम्मान गरेको हो ।

भारतको प्रतिष्ठित संस्था The Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका ज्ञवालीसँग बैंकिङ तथा पुँजी बजार क्षेत्रको २६ वर्षभन्दा बढीको अनुभव छ।

यसअघि कायममुकायम सिइओको रूपमा नेतृत्व सम्हाल्दै आएका ज्ञवाली बैंकिङ क्षेत्रका स्पष्ट वक्ता, अनुभवी तथा दूरदर्शी व्यक्तित्वका रूपमा चिनिन्छन्। नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक लगायतका नियामक र बैंकिङ संस्थाहरूमा नेतृत्वदायी भूमिका सम्हाल्दै आएका ज्ञवालीले वित्तीय क्षेत्रको दिगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

उनको नेतृत्वमा नबिल बैंकले वित्तीय सूचकांकहरूमा थप उचाइ हासिल गर्दै ग्राहक सेवा, नवप्रवर्तन र स्थायित्वमा अझ सुदृढ प्रगति गर्ने आशा गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै