PRABHU BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित

Nic Asia Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा मंसिर ७ गते आइतबार आयोजित एक कार्यक्रमकाबीच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मान गरेका हुन् । 
जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी लघुवित्तले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकरमार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा संस्था गौरवान्भित भएको छ ।
संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीब ११ लाख रुपैयाँ र आयकर अन्तर्गत करीब ८ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै कम्पनीेले ८ करोड ५७ लाख रुपैयाँ राजस्व बुझाएको छ । यस संस्थाले स्थापना भएको छोटो समयमानै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । कम्पनीको हालसम्म १ सय २० शाखा कार्यालयहरु सञ्चालनमा छन् । यस्तै ४७ हजार सदस्यहरुसहित करीब ३६ हजार कर्जा सेवाग्राहीहरुमाभल वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै