काठमाडौँ। कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तको खुद नाफा १९.६३ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १९.४५ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ।
यता नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १ रुपैयाँ ६९ पैसाले बढेर १९ रुपैयाँ ९६ पैसा पुगेको छ ।


