काठमाडौँ। नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अबधीमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.२९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशतले घटेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीइस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ८६ पैसाले घटेर २५ रुपैयाँ ९७ पैसामा सिमित भएको हो । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा छ भने जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ रहेको छ।



