राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर !

काठमाडौँ। नेपाल राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ। गभर्नर विश्वनाथ पौडेलले एकैपटक ठूलो संख्यामा उच्च व्यवस्थापन तहका ११ जना कार्यकारी निर्देशकको जिम्मेवारी परिवर्तन गरेका हुन्।

राष्ट्र बैंकका शक्तिशाली मानिने बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग जस्ता महत्वपूर्ण विभागहरूको नेतृत्व परिवर्तन भएको छ।

गभर्नरको निर्णयअनुसार भएको हेरफेरमा रामु पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी पाएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्