PRABHU BANK

प्रभु लाइफ इन्स्योरेन्सले पायो आईपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डलेबाट अनुमति

Prabhu LIfe Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आईपिओ निष्कासन गर्नको लागि अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्कासनको लागि अनुमति पाएको हो ।
सेबोनले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले सेयर निष्कासनको लागि गत असोज २१ गते बोर्डमा आवेदन दिएको थियो । इन्स्योरेन्स कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 
ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ पुग्नेछ । कम्पनीले सेयर निष्कासनमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै