PRABHU BANK

हिमालयन बैंकले आफ्ना ग्राहकहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै