PRABHU BANK

मुक्तिनाथ विकास बैंकको लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन शिलन्यास, डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्ने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन शिलन्यास गरेको छ । बैंबले काठमाडौं महानगरपालिका वडा नं. ३ लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको भूमी पूजा तथा शिलन्यास गरेका छन् ।
छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउने बैंकले जनाएको छ । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहेका थिए ।
विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु संचालनमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै