बैंकर मनोज ज्ञवालीको कविता – ‘हामी भविष्य जलाउँछौं कि भविष्य बनाउँछौं ?’

सडकमा चिच्याउने आवाज,
हातमा प्लेकार्ड,
मुटुमा रगतको उबाल,
Gen Z उठ्छ—
न्याय खोज्दै, भविष्य खोज्दै।

तर, उही क्षणमा
ढुंगाले फुट्छ झ्याल,
जल्छ पसलको ढोका,
जल्छ यादले भरिएको घर
अग्निको धुवाँले ढाक्छ
नागरिकको सपना।

पसिना बगाएर बनाएको पसल
राख हुन्छ एक छिनमै,
कसैको घरअश्रुमा डुब्छ
सिहदरबार संगै जल्छ अदालत ।

हिजो सोसल मिडियामा
ह्यासट्यागमा पोखीएको क्रोध
साच्चै वास्तविक सडकमा
आगो बनेर फैलिएछ।
तर के यो विजय हो?
जब चिहानमा सुत्छन्

तिनै साथीहरू—
जो नारा लगाइरहेका थिए
“नयाँ नेपाल” को लागि।
आन्दोलनको आवाजमा
जनताको मुटु धड्किन्छ,
तर हिंसाको चट्याङमा
जनताको आशा कराउँछ।
साँचो प्रश्न बाँकी छ—
हामी भविष्य जलाउँछौं?
कि भविष्य बनाउँछौं?

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्