काठमाडौँ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले जलेका र धुवाँ लागेका नोट बैंकमा पुगेको खण्डमा र शङ्का लागे नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
जेनजी प्रदर्शनका क्रममा विभिन्न बैंकहरू लुटिएको र ठुला नेताहरूको घर आगजनी हुँदा जलेका र धुवाँ लागेका नोट बैंकमा पुग्ने सम्भावना प्रवल हुने भएपछि सीआइबीले यस्तो आग्रह गरेको हो।
ठुलो मात्रमा यस्ता जलेका र धुवाँ लागेका नोट बैंकमा पुगेको खण्डमा र शङ्का लागे नजिकको प्रहरीलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरेका छ।