काठमाडौँ। दशैँमा पनि जागिरमा जानु परेपछि कतिपय बैंकरहरुले बैंकको जागिर नै छोड्ने तयारी गरेका छन् । देशको विषम परिस्थितिमा पनि गाउँ जान नपाएर उल्टै जागिरमै पेलिनुपरेको भन्दै बैंकको जागिर छोड्नेहरु बढेका हुन् ।
ग्राहकलाई सहज सेवा दिन भन्दै दशैँमा पनि शाखा खोल्न लगाइरहे पनि केहि बैंकहरूले कर्मचारीलाई अतिरिक्त सुविधा नै नदिने गरेको गुनासो बैंकरहरुको छ ।
लामो समयदेखि निरन्तर तनावपूर्ण तालिकामा काम गर्दै आएका उनीहरूलाई चाडपर्वको बेला समेत आराम नपाउने अवस्था बनेपछि बैंकरहरु निराश देखिएका हुन्।