prabhu

भेनेजुएलाको ब्याजदर सबैभन्दा उच्च

काठमाडौँ। भेनेजुएला सबैभन्दा उच्च ब्याजदर भएको देश बनेको छ। ट्रेडिङ इकोनोमिक्सका तथ्यांकअनुसार, २०२५ जुलाईमा भेनेजुएलामा अन्तरबैंक ब्याजदर ५९.२३ प्रतिशत कायम भएको छ ।

भेनेजुएलाको केन्द्रीय बैंकले २०२५ को गत मे महिनासम्म दरलाई ५९.३६ प्रतिशतसम्म ब्याजदर पुर्‍याएको थियो ।

जुन विश्वकै सबैभन्दा उच्च दर हो ।  भेनेजुएलाको बैंकिङ क्षेत्र वर्तमान समयमा तीव्र आर्थिक अस्थिरता र नियामक दबाबको बीचमा संघर्षरत देखिन्छ । २०२५ अगस्टमा जम्मा निक्षेप ब्याजदर ३६ प्रतिशत रहेको छ ।

उच्च ब्याजदर कायम रहँदा पनि २०२५ को सुरुवाती महिनाहरूमा बैंकिङ प्रणालीको ब्यालेन्स सिट उल्लेखनीय रूपमा बढेको देखिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै