काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकबाट लुटेराले लुट्दै गर्दा बाटोमा फालेको रकम भेट्नेले फिर्ता गरेका छन् । जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट लुटेराले लुटेर लैजाँदै गर्दा बाटोमा फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय सुरेश देउलाले फिर्ता गरेका हुन्।
भदौ २४ गते साँझ लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ भक्तपुर घर भएर ललितपुरको बंगलामुखी बस्दै आएका देउलाले प्रहरीलाई बुझाएका हुन्।
बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेर अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ ।