prabhu

राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा ! (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकका निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीको एकैपटक सरुवा भएको हो। राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा भएको हो। राष्ट्र बैंकको विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीको एकैपटक सरुवा भएको हो।

यसअघि भने एकैपटक कर्मचारीलाई सरुवा गर्ने चलन थिएन। राष्ट्र बैंकको सूचना अनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। जस अनुसार आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।

यता पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ भने ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ । साथै, सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि रहेका छन् । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै