नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसन तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । यस सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरुमार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट-क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्