PRABHU BANK

बैंक अफ काठमाण्डूको १ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र निष्कासन गरेको छ । बैंकले मंसिर २५ गते बिहीबारदेखि १ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले १६ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ भने बाँकी ६ लाख ४० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको छ ।
यस्तै सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । उक्त ऋणपत्रमा आवेदन दिन इच्छुकले छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदिन दिन सक्ने भएका छन् । उनीहरुले न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन पाउने भएका छन् ।
यस ऋणपत्रको समय अवधि १० वर्षको रहेको छ । यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत व्याजदर पाउने भएका छन् । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने भएका छन् । यसको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बी प्लस रेटिङ्ग दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै